पत्रकार महासंघ ललितपुरका संस्थापक अध्यक्षको नाममा पुरस्कार कोष स्थापना

पत्रकार महासंघ ललितपुरका संस्थापक अध्यक्षको नाममा पुरस्कार कोष स्थापना

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले संस्थापक अध्यक्षको नाममा पुरस्कार कोष’ स्थापना गरेको छ ।

सोमबार बसेको कार्यसमिति बैठकले धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष स्थापना गरेको हो ।

शाखाका अध्यक्ष सागर न्यौपानेले पुरस्कार कोषले संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेसाप्रति हौसला जगाउन महत्त्वपूर्ण काम गर्ने बताए ।

अध्यक्ष न्यौपानेले भने, ‘अहिले १ लाख राखेर कोष स्थापना गरेका छौँ, कोषमा रकम थप्दै जाने हाम्रो तयारी छ । यसले क्रियाशील पत्रकारलाई पेसाप्रति हौसला प्रदान गर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

महासंघ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विक्रम संवत् २०७४ वैशाख २६ गते निधन भएको थियो । उनले विक्रम संवत् २००६ देखि पत्रकारिता गर्दै आएका थिए । शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष थिए ।

यो कोषबाट ‘जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति रहेको सचिव रामहरि कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =