स्ववियु निर्वाचन: डब्लुआरसीमा असन्तुष्ट पक्षको आमरण अनसन

पोखरा । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरमा आमरण अनसन सुरु गरेका छन् । स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै उनीहरू अनसन बसेका हुन् ।

निर्वाचन अधिकृतले धाँधलीपूर्ण रूपमा चुनावी प्रक्रिया अघि बढाएको आरोप असन्तुष्ट पक्षको छ । निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठक बिना बाहिरी व्यक्तिहरूले हस्तक्षेप गरेको भन्दै नेविसंघ क्याम्पस समितिका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले फागुन २७ गते राजीनामा दिएका थिए ।

सोही समूहले स्ववियु कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा तालाबन्दी पनि गरेको छ । आफूहरूसँग समन्वय नगरी निर्वाचन प्रक्रिया अघि बढाएकोले आन्दोलन थालिएको उनीहरूले बताए । उनीहरूले निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *