नेपालको वरियता सुधार, नामिबियाभन्दा माथि उक्लियो

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो ।

योसँगै नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् ।

नेपाल भन्दाअघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ । भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग-२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *