पोलिएको सात वर्षपछि सृजनाले पाइन् उपचार

रोल्पा । जिल्लाको त्रिवेणी गाउँपालिका ४ की सृजना घर्तीको पोलिएको सात वर्षपछि उपचार पाएकी छन् । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य प्रतिज्ञा बुढालगायतको पहलमा उनको उपचार सम्भव भएको हो ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रचारका क्रममा प्रतिज्ञा, नेपाली कांग्रेस वडा सदस्य ज्ञान बहादुर बुढा, एकीकृत समाजवादी वडा सदस्य मोहन बुढा लगायत टोलिले सृजनाको अवस्थाबारे थाहा पाएको थियो । त्यसपछि सहयोगी संस्था खोजेर उपचार गर्नेबारे पहल भएको थियो ।

सृजनाकी आमा प्रेमकुमारी घर्तीकाअनुसार जन्मेको ६ महिनामा अगेनामा परेर दुईवटा खुट्टा पोलिएका थिए । अहिले उनी ८ वर्ष पुगेकी छन् । उनका दुईवटा खुट्टा पोलिदा हिँडडुल गर्न निकै सकस परेको थियो  । आर्थिक अवस्था निकै कमजोर  भएका उनका बुबा दीपेन्द्र घर्तीले सुविधा सम्पन्न अस्पतालमा लिएर तत्काल छोरीको उपचार गर्न सकेका थिएनन् ।

उनका दुई छोरीलाई ४ नम्बर वडा अध्यक्ष गंगाप्रसाद घर्ती (सूर्य)ले संरक्षण र पढाउने गरेका छन् । अहिले वडा अध्यक्ष घर्ती र महिला तथा बालबालिका इकाई प्रमुख हिरा बुढा, प्रदेश अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका प्रमुख होमराज केसीसँग समन्वय गरी विकलांग मित्र समूह अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा लगेर सृजनाको एउटा कृत्रिम खुट्टा राखिएको छ । अ

र्को खुट्टाको शल्यक्रिया तीन महिनामा गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । अहिले उनलाई खाना बस्ने अनि पढ्ने गरी निःशुल्क रूपमा व्यवस्थापन प्रदेश अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका प्रमुख होमराज केसीको समन्वयमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ को करुणालय संस्थामा राखिएको केन्द्रीय सदस्य प्रतिज्ञाले जानकारी दिइन् ।

रोल्पा त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग र विकलांग मित्र समूह अपांग तथा पुनर्स्थापना केन्द्रको समन्वयमा यो भन्दा पहिले पनि २र३ जनाको उपचार तथा कृत्रिम खुट्टा राखिएको थियो । सिर्जना घर्ती मगरको कृत्रिम खुट्टा र उपचारको लागि त्रिवेणी गाउँपालिका रोल्पा, विकलाँग मित्र समूह तथा पुनर्स्थापना केन्द्रको आर्थिक सहयोगमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *