सस्तैमा समेटियो पीएनजी, जितका लागि नेपालले पायो ९६ रनको लक्ष्य

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको लक्ष्य दिएको । टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनाएको हो ।

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए भने सेसे बाउले १८, चार्लेज अमिनीले १६, हिरी हिरीले १४ रनको योगदान दिएका थिए । पीएनजीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पीएनजीलाई नेपाली बलरले शुरु देखिनै दबाबमा राखेका थिए । यस खेलमा सन्दीप लामिछानेले ५ विकेट लिए छन् । सन्दीपले १० ओभरमा एक मेडनसहित २५ रन दिएर ५ विकेट लिएका हुन् ।

ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिएका थिए भने सोमपाल कामीले एक विकेट लिए ।  अब ९६ रनको लक्ष्य पाएको नेपालले केही बेरमा नै जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *