नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने निर्णय

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजको आजको खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । आजको प्लेइङ एघारमा गुलशन झालाई बेन्चमा राखिएको छ भने करण केसीलाई टिममा फर्काइएको छ । यसअघि आइतबार युएईविरुद्धको खेलमा करण बेन्चमा थिए ।

आइसीसी विश्वकप लिग-२ मा नेपाल ३४ खेलमा ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै एक दिवसीय मान्यता पक्का गरेपनि शिर्ष तीनमा रहेर विश्वकप क्वालिफायर खेल्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउने छ । पपुवा न्युगिनीको ३४ खेलमा ११ अंकका साथ पुछारमा छ ।

नेपालको प्लेइङ एघार:

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *