लिग टू क्रिकेट

नेपाललाई आठौँ सफलता

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले ८ विकेट लिएको छ ।

जितको लागि २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाउँदै ६१ रन बनाएको छ ।

लगातार विकेट पतनसँगै यूएई संकटमा परेपछि यूएईको ओडिआई मान्यता पनि संकटमा परेको छ।

नेपालका ललित राजवंशी एक्लैले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए ।

त्यस्तै, सोमपाल कामी, गुल्सन झा  र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

यूएईका लागि आयान अफ्जल खानले बनाएको २९ रन नै सर्वाधिक छ । ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

आजको खेलमा नेपालले जित निकाले सोझै एक दिवसीय वरीयता जोगाउनेछ । नेपालसँगको हारले भने यूएईले सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ ।

नेपालले आज यूएईलाई पराजित गरे लिग २ मा यूएईमाथि दोस्रो जित निकाल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *