नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए २ विकेट

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले ६ विकेट लिएको छ ।

जितको लागि २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले १६ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको छ ।

स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौँ बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए। यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो ।

वृत्य सुरुवातमै आउट भए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्के ।

मोहम्मद वासिम ललितको पाँचौँ ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई दयनीय अवस्थामा पुगेको छ ।

सन्दीपले १४ औँ ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा एलबीडब्लू आउट गरे भने उनले १७.३ ओभरमा ज़वर फ्रिडलाई २ रनमा आउट गरेसंगै यूएई ४६-६ को संकटमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *