लिग टू क्रिकेट : नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध सुरुवातमै तीन विकेटको सफलता हात पारेको छ ।

जितको लागि २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले ४ ओभरमा ३ विकेट गुमाउँदै ८ रन बनाएको छ।

स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौँ बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए। यसअघि मध्य क्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो ।

त्यस्तै वृत्य सुरुवातमै आउट भए। तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्के ।

त्यस्तै चौथो ओभरमा नेपालका लागी कुशल भुर्तेलले मोहम्मद वसीमलाई क्याच आउट गराउदै तेस्रो सफलता दिलाए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *