नेपालले युएईविरुद्ध २०० रन कटायो

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले छैटौ विकेट गुमाएको छ ।

खेलको ४३औँ ओभरमा आरिफ सेख ४३ रन बनाएर आउट भएका छन् । नेपालका ब्याट्सम्यान यसअघि कप्तान रोहित पौडेल ७७ रन बनाएर आउट भए भने भीम सार्की २९ रन, कुशल मल्ल ९ रन बनाएर आउट भएका थिए भने ओपनर आसिफ सेख शुन्यमा र कुशल भुर्तेल ८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ४६.४ ओभरमा ६ विकेट गुमाउँदै २२८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *