महत्त्वपूर्ण खेलमा नेपालको खराब सुरुवात, २२ रन जोड्दा तेस्रो विकेट गुमायो
२०७९ फागुन २८ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेस्रो विकेट गुमाएको छ ।
खेलको आठौँ ओभरमा कुशल मल्ल ९ रन बनाएर आउट भएका छन् । उनलाई युएइका बलर जुनैद सिद्धिकीले आउट गरेका हुन् ।
यसअघि खेलको दोस्रो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शून्यमा आउट भएका थिए भने पाँचौँ ओभरमा कुशल भुर्तेल ८ रन बनाएर आउट भएका छन् । युएइका बलर आर्यन लाक्रा र आयान अफजल खानले एक एक विकेट लिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ८.२ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ ।
२०७९ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित








