नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने निर्णय
२०७९ फागुन २८ गते

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गत आज नेपाल र युएईबीच खेल हुँदैछ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ ।
यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । नेपालले ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपाली टिममा आज गुलशन झा र ललित राजबंशीलाई समावेश गरिएको छ ।
प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।
२०७९ फागुन २८ गते
प्रतिक्रिया
One thought on “नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने निर्णय”
Leave a Reply Cancel reply
सम्बन्धित









जितको अग्रिम शुभकामना नेपाललाई ।।