पिएनको तालाबन्दी खुलेन, भएन स्ववियुको मनोनयन दर्ता

पोखरा । देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तालिका प्रभावित भएको छ । ५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन पत्र दर्ताको कार्यक्रम थियो । तर स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि उम्मेदवारी दर्ता हुन पाएन ।

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौँ र अखिल क्रान्तिकारी संयुक्तले विद्यार्थीको व्यक्तिगत विवरण कर्मचारीले चुहावट गरेको भन्दै बिहीबार तालाबन्दी गरेका थिए । विद्यार्थी र निर्वाचन समितिबीच सहमति नभएका कारण ताला नखुलेको बताइएको छ ।

संगठनहरुले विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाहीको माग गरेका छन् । अरू संगठनले भने क्याम्पस प्रशासन नै चुनाव नगराउने पक्षमा भएको आरोप लगाएका छन् । उनीहरूले मनोनयनको लागि तयार रहेपनि प्रशासनले सहजीकरण नगरेको आरोप लगाए ।

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले भने उच्च अदालत पोखरामा रिट समेत दायर गरेको छ । फागुन १९ गते दर्ता भएको उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरेको थियो ।

पोखराका २ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचनको लागि मनोनयन दर्ता भएको छ । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र नर्सिङ क्याम्पस बाहेक अन्यत्र मनोनयन दर्ता हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *