स्ववियु निर्वाचन: गोरखा क्याम्पसमा सबै मिले, ४ संगठनको सर्वसम्मत कार्यसमिति चयन

पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको गोरखा क्याम्पस समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सबै पदमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत निर्वाचित भएका हुन् ।

सभापतिमा विष्णु पाण्डे निर्वाचित भएका छन् भने सचिवमा परशुराम भट्ट तथा कोषाध्यक्षमा सुस्मिता दवाडी सर्वसम्मत भए । प्रत्यक्षतर्फको सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, विनय गुरुङ, पूजा खड्का र राजाराम बोहोरा चयन भए । समानुपातिक तर्फ सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, विनीता मग्राती, अनुप तिवारी, रचना बसेल, विक्रम तामाङ निर्विरोध भएका निर्वाचन समितिले जनाएको छ ।

गोरखा क्याम्पसका ४ विद्यार्थी संगठनले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेका थिए । सभापति र कोषाध्यक्ष सहित तीन सदस्यमा अखिल क्रान्तिकारी, सचिव, सहसचिव र ३ सदस्य नेविसंघ, उपसभापति सहित २ सदस्य अनेरास्ववियु र बाँकी दुई सदस्य नेपाल समाजवादी विद्यार्थी युनियनले लिने गरी सहमति भएको हो । तर उनीहरू निर्वाचित भएको अन्तिम घोषणा भने चैत ५ गते नै हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *