आर आर क्याम्पसबाट खुकुरीसहित एकजना पक्राउ
२०७९ फागुन २७ गते

काठमाडौँ । रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार काठमाडौँको प्रदर्शनीमार्गस्थित आर आर क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित हिनेका एक विद्यार्थी नेता पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्यवियूका सन्दीप चन्द हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ ।
२०७९ फागुन २७ गते
प्रतिक्रिया








