आर आर क्याम्पसमा विद्यार्थी संगठनबीच झडप

काठमाडौँ । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी संगठन हरुबीच झडप भएको छ ।

क्याम्पस प्रशासन र विद्यार्थीबीचको असमझदारीको विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच झडप भएको हो ।

हाल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता भइरहेको छ ।

झडपबारे जानकारी दिदैं अनेरास्यवियूका उपमहासचिव अशोक थापाले भने, ‘त्रिभुवन विश्वविद्यालयले दिएको निर्देशिका र अधिकार भन्दा बाहिर गएर आर आर क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गरेको कारण हामीहरू आन्दोलनमा उत्रिएका हौँ । हामीले क्याम्पस प्राशनलाई पटक-पटक सम्झाएका थियौँ । त्यति मात्र नभएर तालाबन्दी पनि गरौँ । तर जबरजस्ती नियम विपरीत जान लागेपछि झडप भयो ।’

उक्त घटनाका क्रममा तीन जना विद्यार्थी घाइते भएका छन् । एमाले निकट अनेरास्ववियूका अनुसार समाजवादी निकट अनेरास्ववियूका विद्यार्थीहरूले खुकुरी बोकेर आक्रमण गर्न खोजेपछि प्रतिकारका आफूहरू समेत उत्रिएको बताएका छन् ।

समाजवादी निकट अनेरास्वियूले भने एमालेनिकट अनेरास्ववियुले निर्वाचन अधिकृतसँग मिलेर फर्जी विद्यार्थी भर्ना गरेको बताएको छ । हाल सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

विद्यार्थी नेताहरूले घरेलु हतियार पनि प्रयोग गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =