एक्यापविरुद्ध धुरिए गाउँ सरकार, कास्कीमा १५ वटै पालिकाको भेला

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)विरुद्ध गण्डकीका पालिकाहरू एकजुट भएका छन् । माछापुच्छ्रे गाउँपालिकाको संयोजनमा १५ वटै पालिका प्रमुख र उपप्रमुखहरू भेला भएर एक्यापविरुद्ध उत्रिएका हुन् ।

उनीहरूले कुनै हालतमा एक्यापको म्याद थप्न नहुने बताएका छन् । २ वर्षदेखि एक्यापको म्याद थपिएको छैन । प्रमुख आयस्रोत प्राकृतिक क्षेत्र भएपनि सबै आम्दानी एक्यापले लगेको भन्दै विकासमा समस्या भएको माछापुच्छ्रेका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।

भेलाले एक्यापबारे साझा धारणा कायम गर्नेछ । संघ, र प्रदेशमा मागहरू पठाउने र विशेष निर्णय गरिने उनले सुनाए । कास्की सहित, मनाङ, मुस्ताङ, लमजुङ र म्याग्दी गरी ५ जिल्लाका १५ गाउँपालिकामा एक्याप फैलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *