आज स्ववियु निर्वाचनको मनोनयन, पिएनमा एमाले-माओवादी गठबन्धन

पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचनको मनोनयन दर्ता हुँदैछ । निर्वाचनका लागि आज ११ बजेदेखि २ बजे सम्मको समय दिइएको छ ।

सबैभन्दा बढी विद्यार्थी मतदाता पोखराको पृथ्वी नारायण क्याम्पसमा छन् । यहाँ १० हजार ८ सय जनाले मतदान गर्न पाउँछन् । पिएनमा एमाले र माओवादीका विद्यार्थी संगठनबीच मिलाप भएको छ ।

अध्यक्ष, कोषाध्यक्ष र ५ सदस्य अनेरास्ववियुले लिने र सचिव सहित ३ सदस्य अनेरास्ववियु क्रान्तिकारीले लिने सहमति अनुसार चुनावमा भाग लिने विद्यार्थी नेताहरूले बताएका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा विद्युतीय माध्यमबाट मतदान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *