स्ववियु निर्वाचन हार्ने भएपछि सत्तापक्षका विद्यार्थी तालाबन्दीमा उत्रिए : अध्यक्ष बडाल
२०७९ फागुन २६ गते

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्ता गठबन्धनले हस्तक्षेप गर्न थालेको आरोप लगाएका छन् । स्ववियु निर्वाचनको लागि अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले यस्तो आरोप लगाएका हुन् ।
अखिल आबद्ध विद्यार्थीहरूमाथि सत्तापक्षका विद्यार्थीहरूले सांघातिक आक्रमण गर्दा कारबाही नभएको उनको भनाई छ । सत्ताको दुरुपयोग हुन लागेको भन्दै अध्यक्ष बडालले विद्यार्थीको सुरक्षा र भयरहित वातावरणमा मतदानको व्यवस्था गर्न माग गरे ।
उनले स्ववियु निर्वाचन हार्ने भएपछि नेविसंघलगायत सत्तापक्षका विद्यार्थीहरूले क्याम्पसहरूमा तालाबन्दी गर्नेलगायतका चुनाव बिथोल्ने गतिविधि गरिरहेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
२०७९ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








