पशुपतिनाथको दर्शन गरेर बिपी संग्रहालय जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथको दर्शन गर्ने भएका छन् । उनको सचिवालयकाअनुसार बिहान ९ बजे पशुपतिनाथ मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम पनि तय भएको हो ।

त्यसपछि राष्ट्रपति पौडेल सुन्दरीजल पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ । बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ ।

कांग्रेसका नेताहरू कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि बिहान ११ बजे त्यहाँ पुग्न लागेको उनको सचियालयले जनाएको छ ।

पशुपति दर्शन र बिपी संग्रहालय जानुअघि बिहान ८ बजे राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्नेछन् । सभामुख  घिमिरे आज आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइनअघि राष्ट्रपति पौडेलले भेटवार्ता गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =