चैतदेखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

काठमाडौँ । बैंकहरुले संकलन गर्ने निक्षेप र कर्जाको ब्याजदर घटाउने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसकेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघको निर्णयअनुसार साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने छ । त्यस्तै कर्जाको प्रिमियम १ प्रतिशत ब्याजदर घटाइने छ ।

हालसम्म बैंक तथा वित्तीय स.स्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर कायम गर्ने गरेका थिए । तर, चैतदेखि ५ प्रतिशत प्रिमियम मात्रै थप्ने निर्णय भएको हो । यो निर्णयले साना ऋणीहरुले तत्कालका लागि केही हदसम्मको राहत पाउने विश्वसा गरिएको छ ।

त्यस्तै कुल निक्षेपको ब्याजदर १० प्रतिशत र बचत खातामा दिइने ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको संघले गरेको छ । अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्मको बीचमा रहने छ ।

मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राख्ने निर्णय संघले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *