गण्डकीका हिमाली क्षेत्रमा हिमपात, पर्यटकलाई मौसम हेरेर पदयात्रा गर्न प्रशासनको सुझाव

पोखरा । गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपात भएको छ । यसपालिको हिउँदभरि हिउँ नपरेर किसान चिन्तित थिए । लगाएका खेती पनि सप्रिएको छैन ।

हिउँदको उत्तरार्धमा हिमपात भएपनि किसानहरू खुसी देखिएका छन् । मनाङ, मुस्ताङ, उत्तरी गोरखा र बागलुङ, म्याग्दी, कास्की, लमजुङका उत्तरी क्षेत्रमा हिउँले ढाकिएका छन् । ढिलो गरी हिमपात भएपनि निकै पातलो भएको स्थानीयहरूको भनाई छ । बुधवार बिहानैदेखि साँझसम्म नै हिमपात भएको हो ।

हिमपातसँगै त्यस क्षेत्रमा निकै चिसो बढेको छ । हिमपातका कारण थोङला, लार्के लगायत पास गर्न गएका पर्यटकहरू पनि रोकिएका छन् । जिल्ला प्रशासन कार्यालयले मौसमको जानकारी लिएर मात्रै उत्तरी क्षेत्रमा जान सूचित गरेको छ ।

यो वर्षको पर्यटकीय सिजन सुरु भैसकेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनाश्लु संरक्षण क्षेत्र आयोजनाभित्र पर्यटकहरू दैनिक सयको हाराहारीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *