सुर्खेतको सहिदपार्कमा पिङबाट लडेर एकजनाको मृत्यु  

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको भैरव सामुदायिक बनमा रहेको प्रादेशिक सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय पसिबरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

उनको पिङ खेल्ने क्रममा बुधबार बेलुका ५ बजे लडेर मृत्यु भएको साथै २ जना घाइते भएको पनि प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =