मीनबहादुर स्मृति म्याराथन सम्पन्न (तस्बिरहरु)

काठमाडौं । नेपालका प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावक स्वर्गीय मीनबहादुर विष्टको समृतिमा ‘मीनबहादुर स्मृति क्वाटर म्याराथन’ सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा मीनबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा  काठमाडौं उपत्यकाका २१ पालिकाहरुका धावकहरुले भाग लिएका छन् । आज एक समारोहबीच गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र उपमेयर सान्नानी लामाले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

जोरपाटीको पिस बेन्क्विटदेखि गौशाला चोकसम्म १०.५७ किलाेमिटरको क्वाटर म्याराथनमा ५० जना  पुरुष र १५ जना महिला धावकले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ निर्धारित दुरी २७.२२ मिनेटमा पार गर्दै अजित कुमार यादव प्रथम भएका छन् । निर्धारित दुरी २७.५४ मिनेटमा पार गर्दै  दिनेशसिंह बोगटी द्वितीय र २९.०१ मिनेटमा अपार गर्दै सन्दीप ढकाल तृतीय भएका छन् ।

महिलातर्फ  निर्धारित १०.५७ किमी  दुरी ३३.५९ मिनेटमा पार गर्दै नितु तामाङ प्रथम, ३५.५७ मिनेटमा पार गर्दै सोनु घतानी द्वितीय र ३६.०४ मिनेटमा पार गर्दै पदम कुमारी सुनुवार तृतीय भए । प्रतियोगितामा ९ वर्षीयदेखि ५० वर्षका धावकले भाग लिएका थिए ।

प्रथम द्वितीय र तृतीय हुने विजयी खेलाडीले क्रमश पचास हजार, पच्चिस हजार र दस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । विजयी खेलाडीहरुलाई मेयर रिसाल र उमपेयर लामाले पुरस्कार वितरण गरेका थिए ।

१९५१ मा भारतको नयाँ दिल्लीमा प्रथम पटक आयोजित एशियन खेलमा दौडतर्फ ४०० र ६०० माइल इभेन्टमा नेपालका तर्फबाट मीनबहादुर विष्टले नेपालकै प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावकको रुपमा भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *