होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)

काठमाडौँ । नेपालमा मनाइने गरेको फागु पर्व (होली)मा नेपाली मात्रै नभई विदेशी पर्यटक समेत उल्लासमय वातागणमा होली मनाएर रमाइरहेका छन् ।

खास गरी नेपालका पर्यटकीय क्षेत्रहरू काठमाडौँ, पोखरा, धरान जस्ता ठाउँमा विदेशी पर्यटकले समेत होली खेलेर रमाएको देखिन्छ ।

नेपालको पहाडी क्षेत्रमा सोमबार र तराई क्षेत्रमा मंगलबार होली मनाउने चलन छ । त्यस्तै, भारतमा पनि सोमबार नै होली मनाउने प्रचलन छ ।

खास गरी नेपाल र भारतमा मनाइने यो पर्वमा पछिल्लो समय नेपाल आउने भारतीयबाहेक पश्चिमा र अन्य एसियाली देशका पर्यटक समेत विशेष हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् ।

तस्बिरहरू:

तस्बिर : कृष्ण दवाडी/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *