लिग २ : यूएई र नेपाल खेल्दै, पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ । यूएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज सोमबार बिहान पौने १२ मा सुरु हुदैछ ।

यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । भने आजको खेलमा नेपाल जीत निकाल्ने मनोबलका साथ मैदान उत्रदैछ ।

पीडनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आफिस शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश  जीसी, सन्दीप लामिछाने, सन्दीप जोरा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =