ओलीको अभिव्यक्तिले रिसाए मुस्ताङी, चौतर्फी आलोचना

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले मुस्ताङी रिसाएका छन् । मुस्ताङमा विश्वविद्यालय बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको ओलीको आरोप थियो । विश्वविद्यालय खोलेर सरकारले विदेशीको खेल मैदान बनाउन लागेको अभिव्यक्ति उनले दिएका थिए । ओलीको अभिव्यक्तिविरुद्ध मुस्ताङी एकै ठाउँमा उभिएका छन् ।

एमाले मुस्ताङका नेता तथा गण्डकी प्रदेशका पूर्व सांसद इन्द्रधारा विष्टले ओलीको अभिव्यक्ति मुस्ताङी जनताको भावनाविपरीत भएको प्रतिक्रिया फदिएका छन् । उनले बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ मात्र भएको स्पष्ट पारेका छन् ।

‘यो हाम्रो मुस्ताङको आवश्यकता इतिहासले सजाएको, हामी सबैलाई चाहिएको परियोजना हो,’ उनले भने, `उनले यो परियोजना धार्मिक लफडा बनाउने केन्द्र वा कुनै स्वार्थ बोकेको विषय होइन । अध्यक्ष कमरेड लगायत सबैमा मेरो अनुरोध ।´

उनले यो परियोजनाले राष्ट्रियतामाथि आँच नआउने बरु हरेक वर्ष भारत पढ्न जाने मुस्ताङीलगायत सयौँ बुद्धिस्टलाई देशमै रोक्ने बिष्टको दाबी छ ।

‘सके सहयोग गर्नुहोस्, नसके यो विषयलाई राजनीतिक नबनाइन म सबैमा अनुरोध गर्दछु,’ उनले अघि थपे, `तपाईंको अभिव्यक्तिले म र मजस्ता कार्यकर्तालाई असहज महसुस भएको छ ।´

ओलीको अभिव्यक्तिले मुस्ताङमा एमाले पार्टीलाई नै असर पर्ने चेतावनी विष्टले दिए । अहिलेका प्रदेश सांसद विकल शेरचनले पनि ओलीको तर्क निन्दनीय भएको प्रतिक्रिया दिए ।

`समुद्र नभएको देशमा पानी जहाज चलाउँछु भन्ने नेताले जनसंख्या थोरै भएको मुस्ताङमा बौद्ध कलेज खोल्न नहुने तर्क गर्नु भएछ,´ उनी भन्छन्, `केपीको तर्क अत्यन्त निन्दनीय छ ।´ अहिले मुस्ताङीहरुले ओली विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *