राष्ट्रपतिमा पौडेललाई भाेट हाल्ने गण्डकीका कांग्रेस–माओवादी सांसदको निर्णय

पोखरा । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्न गण्डकीका कांग्रेस र माओवादी सांसदहरू एकजुट भएका छन् । शुक्रबार केन्द्रीय नेताहरूको उपस्थितिमा ३४ सांसदहरूको भेला भएको हो ।

भेलामा कांग्रेस उपसभापति धनराज गुरुङ, माओवादी केन्द्रीय महासचिव देव गुरुङ, एकीकृत समाजवादीका तुलबहादुर गुरुङ, नेपाल समाजवादी पार्टीका हेमबहादुर थापा लगायत उपस्थित थिए ।

सबै सांसद २३ गते आ–आफ्नै पार्टीसँगको समन्वयमा काठमाडौँ जाने र २४ गते पुनः छलफल गर्ने सहमति भेलाले गरेको छ । गण्डकीमा कांग्रेसका २७ र माओवादीका ८ सांसद छन् । माओवादीबाट एकजना सभामुख भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *