पपुवा न्युगिनीको सामना गर्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै छ । खेल बिहान पौने १२ बजे दुबईमा शुरु हुनेछ । यो शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । हिजोको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, युएई र पपुवा न्युगिनी रहेका छन् । अर्को खेल सोमवार युएईसँग हुनेछ ।
अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नु पर्नेछ । साथै एक दिवसीय मान्यता जोगाउन ४ खेल जित्नुपर्ने हुन्छ ।
सिरिज खेल्ने नेपालको टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।








