पोखरामा शुरुभयो रात्रिकालीन उडान, सौर्यले गर्‍यो पहिलो उडान

पोखरा । पोखरामा यात्रु लिएर जहाजले रात्रिकालीन उडान सुरु गरेको छ । आन्तरिक उडान गरिरहेको पोखराले पहिलो पटक रात्रिकालीन उडान गरेको हो ।

फेब्रुअरी २३ कै दिनदेखि रात्रिकालीन उडानको लागि तयार रहेपनि पोखरामा बुधबार राती मात्रै पहिलो पटक जहाज ओर्लिएको हो । सौर्य एयरलायन्सले काठमाडौँबाट पोखराका लागि यात्रु सहितको रात्रिकालीन उडान भरेको हो ।

योसँगै पोखराका रात्रि उडान सफल भएको पोखरा नागरिक उड्डयन प्राधिकरणका प्रमुख विक्रम गौतमले बताए । बुधबार ८ः४५ बजे सौर्यले ३३ यात्रु लिएर उडान भरेको हो । सोही जहाज पोखराबाट ४६ यात्रु लिएर काठमाडौँ फर्किएको छ ।

अब पोखरा रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि तयार रहेको र मेच्युरिटी पिरियड समेत पूरा भएको गौतमले जानकारी दिए । बुद्ध एयरले पनि पोखरामा फागुन २५ देखि रात्रि उडान सुरु गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *