आइसिसी यू-१९ विश्वकप

विश्वकपमा पुग्न आज युएईसँग खेल्दै नेपाल

काठमाडौँ । युएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज युएईको सामना गर्दैछ । खेल नेपाली समय अनुसार १०:४५ बजेदेखि शुरु हुनेछ ।

आज सिंगापुर र कुवेत तथा हङकङ र मलेसियाबीच पनि खेल हुँदैछ । नेपाल र युएईले यस प्रतियोगितामा पछिल्ला चारै खेल जितेका छन् । त्यसैले आज नेपाल र युएईबीचको विजेता नै यू-१९ विश्वकपमा छनौट हुनेछ ।

प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । २०२४ मा श्रीलंकामा हुनेयू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्नेछ ।

नेपाली यू-१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् भने साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =