फेवातालको ताल बाराही मन्दिर पुननिर्माण गर्न क्षमा पुजा
२०७९ फागुन १६ गते

पोखरा । पोखराको फेवाताल बीचमा रहेको ताल बाराही मन्दिरको पुनः निर्माणका लागि क्षमा पुजा गरिएको छ । सोमबार र मंगलबार २ दिनसम्म प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको हो ।
भुकम्पका कारण मन्दिर ३ इन्च दक्षिणतर्फ ढल्किएको विज्ञहरुले पत्ता लगाएका थिए। उक्त मन्दिर पुनः निर्माणको तयारी गरिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए।
बुधबारदेखि मन्दिरमा स्थापना गरिएको प्रतिमुर्तीमा भक्तजनले पुजा गर्न पाउँछन् । मन्दिरको पुनः निर्माण गर्न कम्तिमा १ करोड ३५ लाख लाग्ने अनुमान छ ।
अहिले पुरातत्व विभागबाट २५ लाख रुपैयाँ मात्रै सहयोग गर्ने आश्वासन आएको कुवँरले बताए । बाँकी रकम प्रदेश र स्थानीय सरकार सहित भक्तजनहरुबाट सहयोग संकलन गर्ने र कलात्मक ढंगले मन्दिर निर्माण गर्ने उनको भनाई छ ।
२०७९ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








