सुर्खेतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार ट्रकले ठक्कर दिएर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ का कृष्ण चौधरी रहेका छन् ।

उनलाई बामेखोलाबाट तीनकुने तर्फ आउँदै गरेका भे१ख१५२८ नम्बरको ट्रकले वीरेन्द्रनगर १० घुस्रामा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै ट्रकको ठक्करबाट एकजना घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =