राप्रपाले गण्डकीमा सरकार नछोड्ने

पोखरा । शनिबार केन्द्रदेखि प्रदेशसम्म सरकारबाट निस्किँदै समर्थन समेत फिर्ता लिने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णय गण्डकीमा भने पालना भएको छैन । राप्रपाले गण्डकीको समर्थन कायम राखेको छ ।

राप्रपा गण्डकीका अध्यक्ष एवं सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले आइतबार पदबाट राजीनामा दिने बताएपनि अहिले राजीनामा नदिने मनस्थितिमा छन् । ‘साथीहरूसँग सल्लाह गर्दैछु । ११ वटै जिल्लाले दिएको सुझाव अनुसार अघि बढ्छु,’ उनले भने, ‘त्यसका लागि पार्टीभित्र छलफल हुँदैछ ।’

गण्डकीमा राप्रपाको २ सिट छ । राप्रपाकै साथबाट यहाँ एमाले नेतृत्वमा सरकार बनेको हो । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सहित ३२ सिट सत्तामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *