यू-१९ विश्वकप छनौट : आज नेपालको खेल हङकङसँग

काठमाडौँ । युएईमा जारी आईसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगितामा नेपालले आज हङकङको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ११:१५ बजेदेखि शुरु हुने छ । आज युएई र सिंगापुर तथा कुवेत र मलेसियाबीच पनि खेल हुदै छ ।

नेपालले यस प्रतियोगितामा शानदार शुरुवात गरेको छ । नेपालले अहिलेसम्म दुई खेल खेल्दै दुवैमा जित हासिल गरेको छ । नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा सिंगापुरलाई ९६ रन अन्तरले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको थियो भने शनिबार कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै हङकङ भने आफ्ना दुई खेलमा एक मा जित र एकमा हार बेहोरेको छ । हङकङ आफ्नो पहिलो खेलमा युएईसँग १६३ रनले हारेको थियो भने दोस्रो खेलमा कुवेतलाई एक विकेटल;ए जितेको थियो ।

नेपालले आज हङकङसँग खेलेपछि फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग र फागुन १८ (मार्च २) मा युएईसँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेलिरहेको छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता रहेको छ । २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नका लागि नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहनु पर्ने छ ।

नेपाली यू–१९ टोलीमा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा रहेका छन् भने साथै यू-१९ टिमको मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =