अभिनेता पल शाहलाई उच्च अदालतले दियो सफाइ

पोखरा । अभिनेता पल शाह छुटेका छन् । नवलपुर सरकारी वकिल कार्यालयको दाबी नपुगेको भन्दै उनलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइको फैसला सुनाएको हो । नाबालिग गायिकामाथि जबर्जस्ती करणीको मुद्दामा शाह विरुद्ध तनहुँ र नवलपुरमा उजुरी परेको थियो ।

तनहुँ जिल्ला अदालतले उनलाई सफाइ दिएपनि नवलपुरले भने बालयौन दुराचार मुद्दामा साढे २ वर्ष कैद सजाएँ सुनाएको थियो । उक्त फैसला विरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

आइतबार भएको सुनवाइपछि उनी विरुद्ध सरकारी वकिल कार्यालयले पेश गरेको दाबी अपुग भएकोले रिहा गर्ने फैसला सुनाएको रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *