बाटो नभएको ठाउँमा पुल बनाउन संलग्न तत्कालीन सचिवसहित ३ जनाविरुद्ध मुद्दा

पोखरा । पुल निर्माणमा अनियमितता गरेको आरोपमा गण्डकीका पूर्व भौतिक सचिव सहित ३ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

तत्कालीन भौतिक सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजन इन्जिनियर ओम राज ढुंगानाविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

गण्डकी सरकारले तत्कालीन समयमा गोरखा नगरपालिका ३ जरेवरस्थित दरौदी नदीमाथि पुल बनाउँदा सम्झौता विपरीत पुलको ठाउँ र नाम फेरेको आरोप उनीहरूमाथि छ । राज्यको सम्पत्ति औचित्यहीन ठाउँमा खर्च गराएर पदको दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ ।  तत्कालीन सचिव मरहट्टाविरुद्ध ५ करोड ४५ लाख  ५२ हजार ६७१ भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तत्कालीन निर्देशक श्रेष्ठले दरौदी खोला पुल निर्माणमा काल्पनिक सडकको नाम दिएबापत भुक्तानी भएको ५ लाख ७१ हजार ७८० रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारको छ । उनीमाथि सोही रकम बराबर बिगो मागसहित कैद र जरिवाना दाबी गरिएको छ। गोरखाका इन्जिनियर ढुंगानाले बदनियतपूर्वक वनको अनुमति नलिई बजेट खर्च गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *