पृथ्वी राजमार्गको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घण्टा बन्द हुने

पोखरा । काठमाडौँ पोखरा सडक (पृथ्वी राजमार्ग) अन्तर्गत तनहुँको विमलनगर देखि घाँसीकुवासम्मको खण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक विस्तारको कामका लागि रातीमा सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

राती १२ बजेदेखि ४ बजेसम्म बाटो बन्द गर्ने निर्णय गरेको आयोजनाले जनाएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म उक्त खण्ड बन्द गरेरै सडकको कटिङ लगायत काम गर्ने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । पृथ्वी राजमार्गको मुग्लीन पोखरा सडक अहिले ४ लेनमा स्तरोन्नति हुँदै छ । मुग्लीनदेखि आँबुखैरेनीको सडक खण्डको ठेक्का टुङ्गिएको छैन ।

आँबुखैरेनी देखि जामुनेसम्म र जामुनेदेखि पोखरासम्म २ खण्डमा विभाजन गरेर काम अघि बढेको छ । तर अपेक्षाकृत प्रगति नभएकोमा अहिले संसद्मा सांसदहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । दुवै ठेक्का चिनियाँ कम्पनीले पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *