राप्रपाले बोलायो कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक
२०७९ फागुन १३ गते

फाइल तस्बिर
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी संयुक्त बैठक बोलाइएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा परिवर्तित राजनीतिक सन्दर्भका विषयमा छलफल हुनेछ । राष्ट्रपतिमा प्रस्तावक र समर्थक नबस्ने बताएको राप्रपाले निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिने बताइएको छ । यसैगरी सत्ता गठबन्धन भत्किएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल हुनेछ ।
२०७९ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








