सन्दीपबिनै युएई जाने नेपाली टोली घोषणा, सन्दीपले सर्वोच्चमा दिए निवेदन

नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ।
१५ सदस्यीय टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने भने अटाएका छैनन्। सन्दीपलाई अदालतले विदेश जान प्रतिबन्ध लगाएका काराण उनलाई टोलीमा समेटिएको छैन।क्यानले सन्दीपलाई विदेश जान फुकुवा गरिदिनका लागि पहल गरिरहेको छ।
यस्तै सन्दीपले पनि बिहीबार सर्वोच्च पुगेर निवेदन दिएका छन्। उनले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग गरेका छन्। उनको निवेदनमा शुक्रबार सुनुवाइ हुनेछ।
अदालतले शुक्रबार नै आदेश दिएर उनको विदेशयात्रामाथी लागेको प्रतिबन्नध फुकुवा गरेमा भने उनी टोलीसँगै जान पाउने छन्। तर भोलि नै सुनुवाइ नभए वा उनको पक्षमा आदेश नआए भने सन्दीप विदेश जान पाउने छैनन्। सन्दीपबिनै नेपाली टोलीले त्यहाँ ४ खेल खेल्नेछ।
नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम ढकाल।








