सम्झौताको २ वर्षपछि निर्माण सुरु हुँदै तालचोक-वेगनासताल सडक

पोखरा । सन् २०२१ मार्चमा महानगरपालिकाले नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना सँग सडक निर्माणका लागि सम्झौता ग-यो । उक्त परियोजनाले टेण्डर आह्वान गरेर स्वच्छन्द-सपना-वल्र्डवाइड जेभीसँग सन् २०२२ जुलाई ४ मा सम्झौता भएको थियो । तर स्थानीय विवादका कारण काम अघि बढ्न सकेन ।

पोखरा २०२५ जुलाई १५ भित्र काम सक्ने गरी सम्झौता भएको सडक नेपालकै सम्भवतः महँगो मध्येको सडक हुने छ । ३.२८ किलोमिटरको सडक स्तरोन्नतिका लागि १ अर्ब ६ करोड रुपैयाँ स्टिमेट गरिएकोमा करिब ३९ प्रतिशत घटेर ठेकेदार कम्पनीले ७५ करोड ४८ लाखमा ठेक्का लिएको हो ।

उक्त सडक चार लेनको हुने छ भने दायाँबायाँ पैदल मार्ग, व्यवस्थित नाला, ग्रिन डिभाइडर, व्यवस्थित पार्किङ र सडक सौर्य बत्ती राख्ने सम्झौता छ । महानगरले सडक वरपर रहेका मापदण्ड भित्रका घरटहरा हटाउन निर्देशन दिइसकेको छ भने बिजुलीका पोल लगायत अन्य संरचना हटाउनका लागि सरोकारवालसँग बैठक आह्वान गरेको छ । विश्व बैंकको सहयोगमा उक्त सडक स्तरोन्नति हुन लागेको मेयर धनराज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *