राष्ट्रपतिमा हामीलाई कुनै पनि पार्टीले प्रस्ताव गरेका छैनन् : नेकपा एस

काठमाडौँ ।  राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीलाई कुनै पनि पार्टीले प्रस्ताव नगरेकाे पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् । पार्टीकाे सचिवालय बैठकले गरेका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रमका बुधबार उनले यस्ताे बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा लोकतन्त्रवादीहरुलाई एक ठाउँमा ल्याउने विषयमा छलफल भएको खतिवडाले बताए ।

उनले भने, ‘हालसम्म कुनै पार्टीले राष्ट्रपतिबारे प्रस्ताव गरेका छैनन् । भोलि कुनैले प्रस्ताव गरेमा त्यस अनुसारको धारणा बनाउने विषय आउने छ । अहिले संसदमा रहेका सबै पार्टीहरुसँग खुल्ला ढ्ङ्गले छलफल गर्ने परामर्श गर्ने योजना छ ।’

प्रमुख खतिवडाले राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्ने बैठकमा कुरा भएको बताए । उनले नेकपा एकीकृत समाजवादी पनि राष्ट्रपतिको लागि योग्य रहेकाले आफ्नो पार्टीले पनि पहल गर्ने बताए ।

उनले थपे, ‘एमाले खुल्ला दिनले आए राष्ट्रपति निर्वाचनमा उसँग पनि सहकार्य हुन सक्छ । तर, पार्टी एकता गर्ने कुरा निराधार हल्ला मात्र हो ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *