पोखरीमा डुबेर पोखराका एक बालकको मृत्यु

पोखरा । पोखरास्थित खुँडेपोखरीमा डुबेर एक वालकको मृत्यु भएको छ । पर्वत घर भई पोखरा ५ धारापानी मार्गमा बस्दै आएका सुनिता केसीका ४ वर्षीय छोरा सुहान केसीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको रेस्क्यू टोलीले पोखरीमा खोजी गरेको थियो । पोखरीमा डुबेको आशंकामा उनको खोजी पोखरीमा गरिएको हो ।

घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *