एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । दिउँसो १ बजे नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ ।

महासचिव डा.बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यक्रम छ । आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने भुसालले पार्टी महासचिव भुसालले बताए ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताइएको छ । तर नेकपा एसले यसबारे कुनै निर्णय गरेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *