पोखराको जंगलमा भेटियो विस्फोटक पदार्थ, खेलाउँदा २ जना घाइते

पोखरा । पोखरा ३३ ठूलढुंगा नजिक जंगलमा विस्फोटक पदार्थ भेटिएको छ । वनमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर २ जना घाइते भएका छन् ।

घाइते हुनेमा १५ वर्षका माइकल चौधरी र १३ वर्षका सवीन तामाङ छन् । उनीहरूले भेटिएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोकेपछि पड्किएको कास्की प्रहरीले जनाएको छ । उनीहरूको हात र खुट्टामा चोट लागेको छ ।

दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीका सूचना अधिकारी ज्ञानबहादुर खड्काले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *