नेपालले लियो नवौँ विकेट
२०७९ फागुन ९ गते

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्याण्डविरुद्ध बलिङ गरिरहेको छ ।
यस क्रममा नेपालले नवौँ विकेट लिएको छ । नेपालका लागि ललित राजवंशीले नवौँ विकेट लिएका हुन् । यसअघि सन्दीपले ४, करन केसीले २ विकेट लिएका थिए भने दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले ४० ओभरमा ९ विकेट गुमाउँदै १९६ रन बनाएको छ ।
२०७९ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








