नेपाललाई पाँचौँ सफलता, सन्दीपले मात्रै लिए चार विकेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।

यस क्रममा नेपालले पाँचौँ विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले पाँचौँ विकेट लिएका हुन् । सन्दीपले २२औँ ओभरमा १ रन बनाएर खेलिरहेका स्कटल्यान्डका टोमस म्याकिनतोशलाई आउट गरेका हुन् ।

अहिलेसम्म सन्दीपले चार विकेट लिएका छन् भने कुशल मल्लले एक विकेट लिएका छन् । यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले २२ ओभरमा ५ विकेट गुमाउँदै १२० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =