गण्डकीका सांसदले खोजे उत्तरगंगा आयोजनाको फाइल

पोखरा । गण्डकी प्रदेशको गौरवको योजना हो उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना । बागलुङको ढोरपाटन उपत्यकामा पर्ने उक्त आयोजनाबाट सस्तो लागतमा ८ सय २१ मेगावाट बिजुली उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ ।

उक्त आयोजनाको काम अघि बढेको छैन । प्रारम्भिक सर्वेक्षण पूरा भएको छ, वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । कम्पनी समेत बनिसकेको उक्त आयोजनाको फाइल अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा अड्किएको छ ।

गण्डकी प्रदेशका सांसद कृष्ण पाठकले उक्त आयोजनाको फाइल तुरुन्त सदर गराएर काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्को शून्य समयमा बोल्दै उनले भने, ‘संघ सरकारले स्वीकृति नदिनुको कारण के हो ? हाम्रो प्रश्न छ । फाइल तत्काल स्वीकृत गराउन संघ सरकारसँग संवाद र पहल गरोस् ।’

निकै कम लागतमा बन्न सक्ने भएकोले प्रदेशको समृद्धिका लागि यसले टेवा पुग्ने पाठकको दाबी छ । गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना निर्माण गर्दा पनि उक्त आयोजनालाई प्रदेश गौरवको आयोजनामा समावेश गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =