पोखरा विश्वविद्यालयका ७ हजार विद्यार्थी दीक्षित

पोखरा । पोखरा विश्वविद्यालयले आफ्ना करिब ७ हजार विद्यार्थीलाई दीक्षित गरेको छ । १८ औँ दीक्षान्त समारोहका अवसरमा देशका विभिन्न ठाउँमा रहेका आंगिक र सम्बन्धन प्राप्त कलेजमा स्नातक र स्नातकोत्तर तह अध्ययन सकेर सर्टिफिकेट लिएका विद्यार्थीलाई दीक्षित गरिएको हो ।

दुवै तहका ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ । ५ सय ७२ विद्यार्थी डिन लिष्टबाट दीक्षित भएका छन् । स्नातकमा ३.७ वा सोभन्दा बढी सिजिपिए प्राप्त गर्ने र स्नातकोत्तरमा ३.८ वा सोभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी डिन लिष्टमा परेका हुन् ।

स्नातकोत्तर तहमा सबैभन्दा धेरै अंक ल्याउने स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रमका अनिश लिम्बुलाई ओसिइएम स्वर्ण पदक २०७९ प्रदान गरिएको थियो । स्नातकोत्तर तहमा सबैभन्दा धेरै अंक ल्याउने सम्झना तिवारीलाई भने लक्ष्मी विद्या पदक २०७९ प्रदान गरिएको छ । विश्वविद्यालयबाट हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *