जलवायु परिवर्तनको असर न्युनीकरणमा विद्यार्थी लाग्नुपर्छ : प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वातावरणीय र जलवायु परिवर्तनको असर न्यूनीकरणमा अहिलेका विद्यार्थी लाग्नुपर्ने बताएका छन् ।

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने संकटबाट जोगाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । दिलोज्यानले जिम्मेवारी पूरा गरौँ ।’

उनले सङ्घीय शिक्षा ऐन निर्माणको अन्तिम अवस्थामा रहेको भन्दै ऐन आएपछि शिक्षा क्षेत्रका सबै समस्या समाधान हुने दाबी गरे ।

प्रचण्डले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीप विकास मार्फत देशमै रोक्ने र देश निर्माणमा परिचालन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *